६ महिनामा व्यापार घाटा ७ खर्ब ११ अर्ब, निर्यात ३२ प्रतिशत घट्यो

काठमाडौं । चालू आर्थिक वर्षको सुरुदेखि नै मुलुकको व्यापार घाटामा सुधार हुँदै गएको छ । ६ महिनासम्मको वैदेशीक व्यापारको तथ्यांकले पनि त्यही देखाएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार ६ महिनामा मुलुकको व्यापार घाटा ७ खर्ब ११ अर्ब ८५ करोड रुपैयाँ रहेको छ ।

विभागका अनुसार समीक्षा अवधिमा व्यापार घाटा १९.१५ प्रतिशतले घटेको छ । गत वर्षको यहीं अवधिमा मुलुकको व्यापार घाटा ८ खर्ब ८० अर्ब ४९ करोड रुपैयाँ थियो ।

७ खर्ब ९२ अर्बको आयात

पुस मसान्तसम्ममा ७ खर्ब ९२ अर्ब ६६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत वर्षको सोही अवधिको तुलनामा आयात पनि २०६८ प्रतिशतले घटेको हो ।

गत वर्ष ६ महिनामा ९ खर्ब ९९ अर्ब ३४ करोडको रुपैयाँ बराबरको वस्तु आयात भएको विभागको तथ्यांक छ ।

निर्यात ३२ प्रतिशतले घट्यो

यो वर्षको ६ महिनामा नेपालबाट ८० अर्ब ८० करोड बराबरको वस्तु निर्यात भएको छ । गत वर्षको सोही अवधिको तुलनामा निर्यात करिब ३२ प्रतिशतले कम हो । गत वर्षको यसै अवधिमा १ खर्ब १८ अर्बको निर्यात भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here