मापदण्डभन्दा बढी धूवाँ फाल्ने २० सवारी साधन ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौंको सुकेधारामा सोमबार गरिएको प्रदूषण चेकिङका क्रममा मापदण्डभन्दा बढी धूँवा फाल्ने २० वटा सवारी साधन कारबाहीमा परेका छन्।

मापदण्डभन्दा बढी धूँवा फाल्ने ६ वटा पिकअप भ्यान, पाँचवटा भाडाका बस, चार माइक्रोबस , तीन हात्ती गाडी, एक टाटासुमो र एउटा पर्यटक गाडी गरी २० वटा सवारीका चालकलाई कारबाही गरिएको प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।

वातावरण विभाग र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रूपमा खटिएको टोलीले आज सुकेधारामा ४६ वटा सवारी साधनलाई चेकजाँच गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here