पाल्पा–गुल्मी सडकखण्ड दैनिक १२ घण्टा बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौं । पाल्पा–गुल्मी सडकखण्ड एक महिना दैनिक १२ घण्टा बन्द हुने भएको छ। ​

सडक डिभिजन कार्यालय पाल्पाले सोमवार सूचना जारी गर्दै आजदेखि फागुन ९ गतेसम्म दैनिक १२ घण्टा बन्द हुने जनाएको छ ।

तानसेनस्थित बर्तुङ–रिडी–तम्घास सडकअन्तर्गत मालमुल–जोर्ते सडकखण्ड चौडा गर्ने काम भइरहेकाले बिहान ५ देखि ९ बजेसम्म बन्द हुनेछ।

यस्तै दिउँसो १२ देखि ४ र बेलुकी ६ देखि राति १० बजेसम्म सडक बन्द सूचनामा उल्लेख गरिएको छ ।

यस सडकखण्ड बन्द हुँदा सवारी साधन वैकल्पिक सडकको रूपमा जोर्ते, लुहुङ हुँदै तानसेनको बतासेडाँडाबाट आवतजावत गर्न सक्छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here