साढे चार अंकले घट्यो नेप्से, १५ लाख कित्ता शेयर कारोबार

काठमाडौं, २० साउन । सोमवार नेप्से परिसूचक ४.५५ अंकले घटेर १ हजार २ सय ५५.०९ अंकमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.३६ प्रतिशत कम हो ।

सोमवार कारोबारमा आएका मध्ये र्निजीवन बिमा र सामुहिक लगानी कोषको सूचक बढ्यो भने अन्य सबै समुहको सूचक घट्यो ।

र्निजीवनको ०.०७ अंकले बढ्यो भने सामुहिक लगानी कोषको १.०६ अंकले बढ्यो ।

सोमवार सबैभन्दा धेरै लघुवित्त समुहको घट्यो । लघुवित्तको सूचक १.७२ प्रतिशतले घट्यो । त्यस्तै, उत्पादन क्षेत्रको ०.६१ प्रतिशत, फाइनान्सको ०.५६ प्रतिशतले घट्यो भने अन्यको सामान्य अंकले घट्यो ।

सोमवार १ सय ६७ कम्पनीको १५ लाख ५ हजार ५ सय ६ कित्ता शेयर किनबेच हुँदा ४४ करोड ३२ लाख ५ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

सोमवार सबैभन्दा धेरै स्वाभिमान लघुवित्त वित्तीय संस्थाका शेयर धनीले कमाय । स्वाभिमानको शेयर मूल्य ४.०४ प्रतिशतले बढ्यो । त्यस्तै, रिलायन्स फाइनान्सको ३.३३ प्रतिशतले बढ्यो ।

त्यस्तै सबैभन्दा धेरै गुमाउनेमा स्पर्श लघुवित्त वित्तीय संस्थाका शेयर धनी रहेका छन् । स्पर्शको शेयर मूल्य ९.९१ प्रतिशतले घट्यो ।

त्यस्तै सर्पोट लघुवित्त वित्तीय संस्थाको ९.५६ प्रतिशत र गुँरास लघुवित्त वित्तीय संस्थाको ९.३२ प्रतिशतले घट्यो ।

सोमवार सबैभन्दा धेरै व्यापार गर्नेमा नेपाल बैंक लिमीटेड रहेको छ । बैंकले २ करोड ६९ लाख ७८ हजार रुपैयाँको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here