इसेवा मनी ट्रान्सफरसँग कलाकार दयाहाङ राई ब्रान्ड हिरोका रुपमा आबद्ध

काठमाडौँ। विश्वका २०० भन्दा धेरै मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको नेपालको सबैभन्दा ठूलो डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले नेपाली सिने जगतका सुपरस्टार दयाहाङ राइलाई ब्रान्ड हिरोका रुपमा आबद्ध गरेको छ। यसअघि नै नेपाली सिने जगतका महानायक राजेश हमाल पनि ब्रान्ड एम्बेसेडरका रुपमा इसेवा मनी ट्रान्सफरसँग आबद्ध रहेका छन्।

राई इसेवा मनी ट्रान्सफरका यूएईलगायत संसारका अन्य मुलुकमा रहेका साझेदारहरुसँग मिलेर सम्पन्न हुने विभिन्न ‘मेरो डिजिटल देश’ अभियानका विभिन्न किसिमका प्रचार–प्रसारमूलक कार्यक्रममा सक्रिय रुपमा सहभागी हुने इसेवा मनी ट्रान्सफरले जनाएको छ।

यस अवसरमा कलाकार राईले भने, ‘इसेवा मनी ट्रान्सफरजस्तो छोटो समयमा नै प्रगतिको शिखर चुम्न सफल रेमिट्यान्स कम्पनीसँग आबद्ध हुन पाउँदा म एकदमै खुसी र साथमा उत्साहित पनि छु। विदेश गएर काम गर्दै आउनुभएका दाजुभाइ तथा दिदीबहिनीसँग भेट्न पनि म आतुर छु, यसले मलाई एक नेपालीका रुपमा वैधानिक माध्यमबाट मुलुकमा रेमिट्यान्स भित्र्याएर देशको अर्थतन्त्रलाई उजागर गर्न थप जिम्मेवारीबोध गराएको छ।’

यसैगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले भने, ‘दयाहाङ राईको नेपालमा मात्र नभएर यूएई र सारा संसारभरि नै फ्यान पÞmलोइङ एकदमै राम्रो रहेको छ, यो त उहाँको कामको प्रभावले नै हो र उहाँजस्तो लोकप्रिय व्यक्तित्वलाई कम्पनीको ब्रान्ड हिरो एम्बेसेडरका रुपमा आबद्ध गर्न पाउँदा सम्पूर्ण इसेवा मनी ट्रान्सफर टोली एकदमै हर्षित छ। आशा छ उहाँको आगमनले हाम्रो यस कम्पनीलाई थप चार्चा र सफलताको शिखरमा पुर्याउनेछ र मेरो डिजिटल देश जस्तो काठमाण्डौमा घर दिने अभियानलाई सार्थकता प्रदान गर्नेछ।’

इसेवा मनी ट्रान्सफरले वैधानिक माध्यमबाट आउने रेमिट्यान्स प्रवर्द्धनका लागि यो अभियान सुरु गरेको थियो। हाल यस अभियानमा विदेशमा रहेका नेपालीहरुको उत्साहजनक सहभागिता रहेको छ र यसैअनुरुप अभियान निरन्तर रुपमा सञ्चालन हुने इसेवा मनी ट्रान्सफरले जनाएको छ।

यस अभियानअन्तर्गत संसारका कुनै पनि मुलुकमा रहेका नेपालीले नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा ६५ लाखभन्दा बढी प्रयोगकर्ता भएको इसेवा वालेटमा पैसा पठाई सहभागिता जनाउन सक्नेछन्। यसका साथै विदेशबाट आएको नगद रेमिट्यान्स इसेवा वालेटमा प्राप्त गरेर पनि यस अभियानमा सहभागी हुन सकिनेछ।

यस अभियानको पहिलो चरणमा सहभागी भई इसेवा मनी ट्रान्सफरमार्फत रकम पठाउँदा हरेक महिना एकजनाले ६ महिनासम्म आकर्षक पुरस्कारहरुको प्याकेज तथा बम्परमा १ जनाले काठमाण्डौमा घर प्राप्त गर्नेछन्।

यस अभियानमा नेपाली सिने जगतका महानायक राजेश हमाल पनि जोडिएका छन्। हमालले यस अभियानसँग जोडिएर देश तथा विदेशमा गई डिजिटल रेमिट्यान्ससम्बन्धी जागरुकता जगाउने कार्यमा सक्रियता जगाएका छन्।

यसैगरी नेपाली सिनेजगतकी चर्चित नायिका स्वस्तिमा खड्का पनि यस अभियानको प्रचार–प्रसारमा क्रियाशील छिन्।

इसेवा मनी ट्रान्सफरले परम्परागतशैली तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ६० लाख भन्दा बढी प्रयोगकर्ता र कुनै पनि बैंक तथा वित्तीय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ।

इसेवा मनी ट्रान्सफरले सेवाग्राहीलाई आफ्ना १२ हजारभन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका १ लाखभन्दा बढी क्यास प्वाइन्टमार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ। सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनी ट्रान्सफर देशभरका १ करोड १० लाखभन्दा बढी जनसंख्या र १ लाख बढी संस्थालाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुका माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here