रिस नियन्त्रण गर्न नसक्दा अष्ट्रेलियामा एक नेपाली नर्स पक्राउ, बिरामीमाथि हातपात गरेको आरोप

काठमाडौं, १६ माघ । रिस नियन्त्रण गर्न नसक्दा अष्ट्रेलियामा एक नेपाली नर्सको करियर नै धरापमा परेको छ । नेपाली नर्स अस्मिता पाण्डेले वृद्धामाथि हातपात गरेको आरोप लागेको छ ।

इपिङ सहरको वृद्धवृद्धाको हेरचाह गर्ने एक केन्द्रमा नर्सिङ सहायकका रूपमा कार्यरत अस्मिता पाण्डेलाई वृद्धामाथि हातपात गरेको आरोप लागेपछि प्रहरीले पक्राउ गरेको छ ।

नेपालबाट वर्किङ भिसामा गएकी पाण्डेले वृद्ध विरामीहरूलाई थप्पड हानेको स्वीकार गरेको नाइन न्युजले लेखेको छ । पाण्डेले वृद्धालाई हातपात गरेको उजुरी उनकै सहकर्मीले गरेका हुन् ।

पाण्डेले कुटपिट गरेकामध्ये ९५ वर्षकी डिमेन्सिया नामकी पीडित वृद्धाकी छोरीले राम्रो हेरचाह हुन्छ भन्ने आशामा छाडिएका अभिभावकमाथि दुर्व्यवहार हुनु निकै दुखदायी भएको बताएकी छिन् । पक्राउ परेकी पाण्डेलाई आउँदो मार्चमा सजाय सुनाइने छ । उनलाई स्वास्थ्य सेवामा काम गर्न प्रतिबन्ध लगाइएको समेत समाचारमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here