अब त्रिभुवन विश्वविद्यालयमा चार वर्षे बीए

काठमाडौं, २१ साउन । त्रिभुवन विश्वविद्यालयले मानविकी संकायअन्तर्गत सञ्चालनमा रहेको बीए (ब्याचलर अफ आर्टस्)लाई यसै शैक्षिक सत्रदेखि चार वर्षे बनाउने भएको छ ।

बीए चार वर्षे बनाउनका लागि उसले आफूअन्तर्गतका सम्पूर्ण क्याम्पसहरुलाई निर्देशन समेत जारी गरेको छ ।

यो सँगै विश्वविद्यालय प्रवेशका सबै तह चार वर्षे भएका छन् ।

हालसम्म बीए तीन वर्षे शैक्षिक कार्यक्रम थियो । शिक्षा संकायअन्तर्गतको बीएडलाई गत वर्षदेखि चार वर्षे बनाइएको छ भने व्यवस्थापन तथा विज्ञान संकायअन्तर्गतका स्नातक कार्यक्रमहरुलाई पनि केही वर्ष पहिले नै चार वर्षे बनाइएको थियो ।

सेमेष्टरमा सञ्चालन हुने बीबीए, बीसीएलगायत कार्यक्रमहरु भने शुरुदेखि नै चार वर्षे अर्थात आठ सेमेष्टरमा सञ्चालित छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here