एजेन्सी । पाकिस्तानको पेशावरस्थित मस्जिदमा भएको विस्फोटमा परी ज्यान गुमाउनेको संख्या १०० पुगेको छ। प्रान्तीय राजधानी पेशावरमा सोमबार दिउँसोको प्रार्थनाको समयमा आक्रमण भएको थियो। लेडी रिडिङ हस्पिटलका प्रवक्ता मोहम्मद असिमले अस्पतालमा अहिलेसम्म १०० वटा शव ल्याइएको बताएका छन्। उनका अनुसार ५३ घाइतेको अस्पतालमा उपचार भइरहेको छ। तीमध्ये सात जनाको आईसीयूमा उपचार भइरहेको छ। उनले घाइतेहरू सबै खतरामुक्त रहेको बताएका छन्।