एजेन्सी । केही दिनमै गौतम अदानीका कम्पनीले १०० अर्ब डलरभन्दा बढी सम्पत्ति गुमाइसकेका छन्। गत सातासम्म अदानी विश्वको तेस्रो सबैभन्दा धनी व्यक्ति थिए। उनको कुल सम्पत्ति १२७ अर्ब डलर थियो।
बर्ना आर्नो र इलोन मस्कको पछाडि थिए। तर, बिहीबार उनको कम्पनीले १०० अर्ब गुमाउँदा उनी धनीहरुको सूचीमा चिप्लेर १६ औँ स्थानमा आइपुगेका छन्। अब प्रतिस्पर्धी मुकेश अम्बानी एसियाको सबैभन्दा धनी व्यक्ति बनेका छन्।