टप टेन अर्बपतिको सूचीमा भारतको दबदबा समाप्त, अम्बानी पनि बाहिरिए

एजेन्सी । विश्वका १० धनी अर्बपतिको सूचीमा भारतको दबदबा समाप्त भएको छ । हिन्डनबर्गको रिपोर्टपछि गौतम अडानीपछि शीर्ष १० मा रहेका दोस्रो भारतीय मुकेश अम्बानी पनि यो सूचीबाट बाहिरिएका छन् ।

मुकेश अम्बानीको कुल सम्पत्ति सोमबार मात्र ६८.८ मिलियन डलरले घटेको छ । योसँगै गौतम अडानीको कुल सम्पत्ति २.७ अर्ब डलरले घटेको छ ।

गौतम अडानी अहिले धनीहरुको सूचीमा २१औं स्थानमा छन् । योसँगै रिलायन्स समूहका प्रमुख मुकेश अम्बानी १२औँ स्थानमा छन् । यसअघि जनवरी २० मा समाप्त भएको व्यापार सप्ताहको अन्त्यमा गौतम अडानी विश्वकै तेस्रो धनी व्यक्ति थिए । यो सूचिमा मुकेश अम्बानी नौ नम्बरमा थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here