स्वदेशी सफ्टवेयरको प्रयोग बढाउने नीति बनाउन क्यानको माग

काठमाडौं । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले सरकारी निकायहरूमा स्वदेशमा नै बनेका सफ्टवेयरहरूको प्रयोग बढाउने गरी नीति नियमहरू बनाउन सरकारसँग माग गरेको छ। क्यान महासंघका अध्यक्ष रणजीतकुमार पोदारले सरकारसँग सो माग राखेका हुन्।

मंगलबारबाट काठमाडौंमा सुरु भएको २५औं संस्करणको क्यान इन्फोटेक मेलाको उद्घाटन कार्यक्रममा बोल्दै उनले स्वदेशी सफ्टवेयर उद्योगका लागि प्रोत्साहित गर्न र उनीहरूको क्षमता अभिवृद्धिमा जोड दिन पनि सरकारको ध्यानाकर्षण गराए।

शून्य भन्सार दरमा आयात हुँदै आएका कम्प्युटरसम्बन्धी सबै सामानहरूमध्ये कम्प्युटर, मनिटर र स्मार्ट बोर्डलाई टेलिभिजन भनेर केही समयदेखि भन्सार कर लगाउने गरेकोमा आपत्ति जनाउँदै अध्यक्ष पोदारले त्यसलाई तत्काल हटाउन पनि सरकारसँग आग्रह गरे।

यही माघ २९ गतेसम्म चल्ने इन्फोटेक मेला सूचना प्रविधिसम्बन्धी चासो राख्नेहरूका लागि विशेष थलो हुने बताइएको छ। सो इन्फोटेकलाई करिब साढे ३ लाखले अवलोकन गर्ने अपेक्षा गरिएको पनि क्यान महासंघले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here