फागुन मसान्तभित्र सवारी कर भुक्तानी गरे ५ वर्षको जरिवाना छुट (सूचनासहित)

काठमाडौं । यातायात व्यवस्था कार्यालयले मोटरसाइकलको कर तथा नवीकरण भुक्तानीको लागि फागुन मसान्तसम्मको समय दिएको छ ।

आर्थिक वर्ष २०७०/७१ देखि आर्थिक वर्ष २०७५/७६ सम्म तोकिए बमोजिमको कर तथा नवीकरण समेत भुक्तानी नगरेका सवारी धनीले फागुन मसान्तभित्र कर बुझाएमा त्यस अवधिको जरिबाना छुट हुने कार्यालयले जनाएको छ ।

त्यसका लागि यही २०७९ फागुन मसान्तभित्र कर बुझाउनु पर्नेछ । यातायात व्यवस्था कार्यालय (मोटरसाइकल) काठमाडौंले आज सूचना जारी गर्दै विगत आर्थिक वर्षहरुदेखि कर तिर्न बाँकी भएका सवारी धनीहरुलाई कर तथा नवीकरण समयमै भुक्तानी गरेर लाभ लिन आग्रह गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here