त्रिभुवन विमानस्थलमा यात्रु ठग्ने ९ पसललाई १५ लाख जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले त्रिभुवन विमानस्थलमा खुद्रा मूल्यभन्दा तीन गुणा बढी रकम असुलेको आरोपमा ९ पसललाई १५ लाख जरिवाना गरेको छ ।

कसुरका आधारमा पसललाई २ देखि ३ तीन लाख रुपैयाँ जरिबाना गरिएको छ । कारबाहीमा परेका पसलहरूमा अन्तर्राष्ट्रिय टर्मिनलतर्फ एयरपोर्ट टी कफी एन्ड कन्फेक्सनरी सप, कार्की मल्टिपल ट्रेड एन्ड सप्लायर्स, एबिपी मार्ट प्रालि र ओम नवदुर्गा इन्टरप्राइजेज प्रालि रहेका छन्।

त्यसै आन्तरिक टर्मिनलतर्फ न्यू कन्फेक्सनरी स्टोर, एयरपोर्ट टी कफी एन्ठ कन्फेक्सनरी सप, होटल स्वनिङ (कफी एन्ड कन्फेक्सनरी), पिडी इन्टरप्राइजेज र होटल स्वनिङ रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here