पाकिस्तानले फेरी बन्द गर्यो आफ्नो आकास, भारतीय उडान प्रभावित

इस्लामावाद, २३ साउन । जम्मू कश्मीर मुद्दा चर्किदै गएपछि विरोधस्वरुप पाकिस्तानले भारतीय जहाजका लागि आफ्नो एयरस्पेस पुनः बन्द गरिदिएको छ ।

पाकिस्तानका लागि एयरस्पेश भारतसँगको व्यापारिक सौदाबाजीका लागि निकै ठूलो हतियार बनिरहेको छ । किनकी पाकिस्तानको आकास प्रयोग गरी यूरोप र अमेरिका उड्ने जहाजलाई यो मार्ग बन्द हुनासाथ ठूलो आर्थिक व्ययभार पर्न जान्छ ।

भारतले संविधानको एक अनुच्छेद नै हटाएर जम्मू कश्मीरलाई केन्द्र प्रशसित क्षेत्रमा रुपान्तरण गरेपछि पाकिस्तानले कडा प्रतिक्रिया दिन थालेको छ ।

उसले भारतसँगको व्यापारिक सम्बन्ध समेत तोड्ने निर्णय गरेको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानको अध्यक्षमा बसेको सुरक्षा समितिले उक्त निर्णय लिएको हो ।

पाकिस्ताले अहिले आंशिक रुपमा आफ्नो आकासमाथि भारतीय जहाज उडानमा रोक लगाएको हो । पाकिस्तानी संचारमाध्यमहरुका अनुसार पाकिस्तानको आकास माथि रहेका ९ वटा हवाईमार्ग मध्ये तीन वटा हवाई मार्गमा भारतीय जहाज उड्न पाउने छैनन् ।

यसअघि बालाकोट एयरस्ट्राइक पछि बढेको दुई देशबीचको द्धन्द्धमा पनि पाकिस्तानले भारतीय जहाजका लागि आफ्नो हवाईमार्ग बन्द गरिदिएको थियो ।

करीव ४ महिनापछि मात्र पाकिस्तानले एयरस्पेस खोलिदिएको थियो । पाकिस्तानको हवाई मार्ग बन्द भएपछि यूरोप, खाडी मुलुक र अमेरिका जाने सबै फ्लाइट गुजरातको आकास हुँदै बाहिरिनु पर्ने बाध्यता हुन्छ ।

जसले गर्दा हरेक उडानमा एक जहाजलाई एक देखि डेढ घण्टा अतिरिक्त भार पर्न जान्छ । उक्त समय एयर इण्डियाले मात्र करीव ५ सय करोड भारतीय
रुपैयाँ घाटा बेहोर्न परेको थियो ।

अतिरिक्त इन्धन खर्च, समय र कर्मचारीको खर्च बढ्ने भएकाले उक्त नोक्सानी बेहोर्नु परेको छ ।

पाकिस्तानले व्यापारिक सम्बन्ध तोड्दै आफ्नो राजदूत भारतबाट फिर्ता बोलाउने र भारतीय राजदूतलाई पनि फिर्ता पठाउने निर्ण गरेको छ । जम्मु कश्मीर दुबै देशका लागि सामरिक महत्वको क्षेत्र हो ।

एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here