जानीराखौं, खराब समयमा के कुरामा ध्यान दिने

काठमाडाैं, २३ साउन । हरेक मानिसको जीवनमा एक समय यस्तो पनि आउँछ जुन कल्पना भन्दा बाहिरको हुन्छ ।

हामी मध्ये धेरै मानिसहरुले खराब समयको सामना गरेका हुन्छौं । यस्तो समयमा हामीलाई लाग्ने गर्छ हाम्रो जीवन समस्या नै समस्याले घेरेको छ ।

यी विभिन्न प्रकारका विचारहरुले हामीलाई अगाढि बढ्नको लागि रोक्ने गर्दछ र हामी तनाव वा डिप्रेसनको सिकार हुने गर्छौं ।

हामी सबैलाई थाहा भएको कुरा हो कि खराब समयको सामना गर्नु सजिलो भने हुदैन तर, यस्तो प्रकारका समस्याहरुको सामना आफ्नो समझदारी र हौसलाबाट गर्नुपर्छ ।

जब परिस्थिती तपाईंको अपेक्षा भन्दा विपरीत हुन्छ र कुनै कुरा राम्रो हुदैन् यस्तो समयमा आफ्नो प्रयोग आफूलाई कमजोर बनाउनको लागि भन्दा पनि आफुलाई वुद्धिमान र बलियो बनाउनको लागि गर्नुपर्छ ।

खुशी को मतलब यो होइन कि तपाईंको जीवनमा कुनै प्रकारको समस्या नहोस्, खुशी त यो हो आफूमा आएको समस्याहरुको सामना तपाईं कति समझदारीले सुल्झाउनुहुन्छ ।
आफ्नो खराब समयमा पनि आफुलाई संयमित बनाउँदै खुशी रहनको लागि निम्न काम गर्नुपर्छ ।

१. असफलताले अगाडी बढ्ने हौसला दिन्छ

कुनैपनि प्रकारको काम गर्दै जादाँ विभिन्न प्रकारका असफलता र पिडाहरु हुन सक्छन् । तर त्यस्तो समयमा यस्ता प्रकारका पिडा र असफलताहरु बिना कुनै कारण आउदैनन् भन्ने कुरालाई मनन गर्नुपर्छ ।

असफल भएका व्यक्तिहरुले नै सफलताको सहि मतलव बुझ्न सक्ने हुनाले पनि अगाडी बढ्ने हौसला प्रदान गर्छ ।

२. जीवनमा सबै कुरा अस्थायी हुन्छन्

हरेक रात पछि विहान आउँछ भनेझै हरेक असफलता पछि सफलता प्राप्त हुन्छ ।

जीवनमा आउने असफलता पनि अस्थायी हुन्छन् काम गर्दै जादाँ कहिलेकाँहि तनाव, पिडा दुःख पर्ने हुन सक्छ तर यो सबै कुराहरु अस्थायी हुन केही समय पछि सबै ठिक हुन्छ भन्ने धारणाको विकास गर्नुपर्छ ।

३. चिन्ता लिँदैमा केही कुरा बदलिदैन्

जब हामी खराब समयको सामना गरिरहेका हुन्छौं यस्तो समयमा मनमा पिडा, चिन्ता नैराश्यता हुनु स्वभाविक कुरा हो । तर, आवश्यकता भन्दा धेरै पिडा लिँदैमा केही कुरा परिवर्तन हुदैन् भन्ने कुरा सोच्नुपर्छ ।

जो मानिसहरु आवश्यकता भन्दा धेरै चिन्ता लिने गर्छन् र आफ्नो असफलताको दोष अरुलाई दिन्छन् त्यस्ता व्यक्तिहरुले जीवनमा धेरै ठुलो काम गर्न सक्दैनन् भन्ने कुरालाई मनन गर्नुपर्छ ।

४. सकारात्मक रहनुपर्छ

असफलताको समयमा पनि आफुलाई सकारात्मक सोचमा राख्नुपर्छ । दोस्रो व्क्ति वा वरिपरिको वातावरणको नकारात्मक प्रभाव आफ्नो जिन्दगीमा पर्न दिनु हुदैन् ।

यस्तो कामहरु गर्दा तपार्इंलाई आपूmप्रतिको विश्वास वढ्दै जान्छ र अगाडी बढ्नको लागि प्रेरित गर्ने काम गर्छ ।

५. जे हुन लेखेको छ त्यो कुनै पनि हालतमा हुन्छ

जीवनका कतिपय समय यस्तो पनि जसमा हामी कुनै काम गर्न सक्दैनौं हामी यस्तो अवस्थामा परिस्थिति अनुसार आफुलाई ढाल्न सक्नुपर्छ ।

आफ्नो खराब समयमा आफुलाई कमजोर सम्झने भन्दा आफ्नो जीवनलाई माया गर्नुपर्दछ, आफुलाई विश्वास गर्न सिक्नुपर्दछ र आफैमा खुशी खोज्न सिक्नुपर्छ र आफैमा खुशी खोज्न सुरुवात गर्नुपर्छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here