कर्मचारीलाई तलब नखुवाएको भन्दै गुणको सम्पूर्ण उडानमा प्रतिबन्ध

काठमाडौं । कर्मचारीलाई तलब समेत खुवाउन नसकेपछि उडान सुरक्षासँग जोडेर नेपाल नागरिक उड्डयन प्राधिकरणले गुण एयरलाइन्सलाई अनिश्चितकालका लागि उडानमा प्रतिबन्ध लगाएको छ ।

आर्थिक संकटबाट जुधिरहेको कम्पनीले सेवा दिंदा कर्मचारीको मनोविज्ञान सुरक्षामैत्री हुन नसक्ने देखिएकाले ७ वटै विमानलाई सोमबारदेखि नै उडान भर्न नदिने निर्णय गरेको हो ।

यद्यपि गत बुधबारदेखि नै गुणका उडान बन्द थिए । कम्पनीले सबै कर्मचारीको बक्यौता तलब भुक्तान गरेको र थप तलब सुविधा प्रदान गर्न समस्या नभएको पत्र पठाएपछि प्राधिकरणले अनुगमन गरेर प्रतिबन्ध हटाउने बताएको छ ।

गुण एयरलाइन्सले अहिले पोखरा, जनकपुर, विराटनगर, भरतपुर, भैरहवा, नेपालगञ्ज, सुर्खेतलगायतका गन्तव्यमा उडान गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here