काठमाडौं । शनिबारदेखि दिउँसो र राति गरी सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल सडकखण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ ।
सिद्धबाबामा सुरुङमार्ग निर्माण कार्यको पूर्व तयारीको काममध्ये रामापिथेकस पार्क नजिक डाइभर्सन निर्माण गर्न तत्कालका लागि फागुन १३ देखि १५ दिन राजमार्ग बन्द गरेर काम गर्न लागिएको हो ।
वैकल्पिक सडकको व्यवस्थापन गरेर विहान ११ बजे देखि २ बजेसम्म यस्तै रातिको १० बजेदेखि ३ बजेसम्म सडक बन्द गरिने निर्णय भएको छ ।