ग्वार्कोमा स्कुल बसका लागि समय तोकियो,पिक आवरमा मालवाहकलाई निषेध

काठमाडौं । ग्वार्को चोकमा ‘फ्लाई ओभर’ निर्माण सुरु भएकाले सवारीसाधनहरूका लागि छुट्ने समय तोकिएको छ।

अब ट्राफिक जाम व्यवस्थापन गर्न ग्वार्कोमा ९ बजेभित्र स्कुल बस आइपुग्नुपर्ने र ४ बजे बाहिरिनुपर्नेछ। त्यस्तै, पिक आवरको समयमा बिहान ८ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ८ बजेसम्म मालवाहक ठूला तथा साना सवारीसाधनहरूले बालकुमारीदेखि ग्वार्को र सातदोबाटोदेखि ग्वार्को सडकको प्रयोग नगरी वैकल्पिक सडकको प्रयोग गर्नुपर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here