निक्षेप १९ प्रतिशत बढ्दा कर्जा २१ प्रतिशतले बढ्यो

काठमाडौं २४, साउन । एक वर्षको अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १९ प्रतिशतले बढेको छ । सोही अवधिमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह २१ प्रतिशतले बढेको छ । यो वार्षिक विन्दुगत आधारमा गत जेठ देखि अघिल्लो वर्षको सोही अवधिसम्ममा भएको निक्षेप र कर्जा प्रवाहको स्थिति हो ।

गत जेठसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप १३.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १३.५ प्रतिशतले बढेको थियो ।
२०७६ जेठसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ९.२ प्रतिशत, ३२.५ प्रतिशत र ४७.६ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा कुल निक्षेपमा चल्ती निक्षेप ८.६ प्रतिशत, बचत ३४.५ प्रतिशत र मुद्दती निक्षेप ४५.७ प्रतिशत थियो ।

गत जेठ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४५.२ प्रतिशत छ । २०७५ जेठमा यस्तो निक्षेपको अंश ४४.३ प्रतिशत थियो ।

यस्तै, गत जेठसम्म बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १८.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १९.९ प्रतिशतले बढेको थियो । सो अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये अवधिमा वाणिज्य बैंकको कर्जा १६.४ प्रतिशतले, विकास बैंकको ३३.४ प्रतिशतले र वित्त कम्पनीको १८ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ ।

अवधिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित आवधिक कर्जा २९.६ प्रतिशतले, ओभरड्राफ्ट कर्जा १०.५ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा १२.२ प्रतिशतले, डिमान्ड तथा चालुपुँजी कर्जा २३ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ११.१ प्रतिशतले, मार्जिन प्रकृति कर्जा ५.१ प्रतिशतले तथा हायर पर्चेज कर्जा ७.४ प्रतिशतले बढेको सरकारी तथ्यांक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here