निर्माणसम्बन्धी नेपालकै सबैभन्दा ठूलो एक्स्पो भृकुटीमण्डप (फोटोफिचर)

काठमाडौं । भृकुटीमण्डपमा आठौं संस्करणको नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी, नेपाल हाउजिङ एन्ड इनभेस्टमेन्ट एक्स्पो र नेपाल हेभी इक्विपमेन्ट एन्ड कन्स्ट्रक्सन एक्स्पो एकैसाथ शुरु भएको छ ।

मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा शुरु भएको मेला आइतवारसम्म चल्नेछ । यो कार्यक्रम निर्माणसम्बन्धी नेपालकै सबैभन्दा ठूलो एक्स्पो हो ।

निर्माण मेसिनरी, कन्स्ट्रक्सन हेभी इक्विपमेन्ट, आवास र अपार्टमेन्टको आउटलेट, प्रि–फ्याब संरचना, युपिभिएस विन्डोज मेसिनरी तथा प्रोफाइल, ढोका र झ्यालहरू, वास्तुकला हार्डवेयर, बाथरुम फिटिङ, पाइप, टाइल र सेनेटरी वेयर, पूर्वइन्जिनियरिङ भवन, पावर उपकरण, विन्डोज, कंक्रिट ब्लक मेसिनरी निर्माता, मुभिङ इक्विपमेन्ट, मेटेरियल ह्यान्डलिङ इक्विपमेन्टलगायतका सामग्री प्रदर्शनीमा राखिएका छन् ।

विकास, प्रतिस्पर्धात्मकता, पूर्वाधारमा लगानी प्रवद्र्धन, मानव पुँजीको विकास र सामाजिक विकासलाई प्रोत्साहन गर्ने उद्देश्यसहित एक्स्पो आयोजना गरेको आयोजकको भनाइ छ ।

निर्माण कम्पनी, डिलर, सब डिलर र विक्रेताहरूले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरूको बारेमा र यस क्षेत्रमा आउने नयाँ-नयाँ प्रविधिको बारेमा जानकारी दिने उद्देश्यले एक्स्पो आयोजना गरिएको आयोजकले बताएको छ ।

यस प्रदर्शनीमा सहयोगी संस्थाको भूमिकामा नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ तथा नेपाल क्रसर तथा खानी उद्योग महासंघ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here