क्रेडिट कार्डको प्रयोग गर्नुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

काठमाडाैं, २५ प्रविधिको प्रयोगसँगै विस्तारै क्रेडिट कार्डको प्रयोग गर्ने मानिसहरुको संख्या बढ्दै छ । तर, पनि क्रेडिट कार्डलाई लिएर अझै धेरै मानिसहरुमा विभिन्न भ्रमहरु रहेका छन् ।

यदि तपाईंले यसको उपयोग र आवश्यकताको बारेमा बुझ्नु भयो भने यसले तपाईंको कठिन परिस्थितिमा धेरै मद्दत गर्छ । तर, पूर्ण जानकारी बिना चलाउँदा मानिसहरुलाई यसले धेरै आपत दिन्छ र धेरै समस्याको सामना समेत गर्नु पर्ने हुन्छ ।

यदि तपाईंलाई पैसाको खाँचो छ र त्यस बेला तपाईसँग पैसा छैन भने क्रेडिट कार्ड यस्तो समयमा धेरै नै उपयोगी हुन्छ । यदि तपाईं पनि क्रेडिट कार्डको प्रयोगकर्ता हुनुहुन्छ वा क्रेडिटकार्ड प्रयोग गर्ने बारेमा सोचिरहनुभएको छ भने तपाईंलाई निम्न कुराहरुमा ध्यान दिनुपर्छ ।

किनभने आज हामी तपाईंलाई केहि यस्ता महत्वपूर्ण कुराहरु बताउन गइरहेका छौं, जुन तपाईंलाई थाहा हुनु पर्छ ।

१. दिइएको समयमा भुक्तानी गर्नुहोस्

क्रेडिट कार्ड प्रयोगकर्ताहरुले कुनै पनि बिल तय समयमै भुक्तानी गरिसक्नुपर्छ । यस्तो नगर्नु तपाई को लागि यो धेरै नै नोक्सानदायक हुन्छ । कति समयमा भुक्तानी गर्ने गरी कार्ड लिएको हो त्यसैअनुसार समयमै बिल भुत्तानी नगर्दा तपाईंले धेरै ब्याज दिनु पर्ने हुन सक्छ ।

२. ३० प्रतिशत भन्दा धेरै खर्च नगर्ने

तपाईंले आफ्नो क्रेडिट कार्डको लिमिटको ३० प्रतिशत मात्र प्रयोग गर्ने बानी बसाल्नुहोस् । हुन त यो कुनै नियम हैन, त्यही पनि यसो गर्दा तपाईंलाई धेरै भार पर्दैन र आफ्नो क्रेडिटकार्डको मुल्य चुकाउन सजिलो हुन्छ ।

३. क्रेडिट कार्डको बारेमा पूरा जानकारी लिनुहोस्

क्रेडिटकार्ड लिनु भन्दा अगाडी बैंकको कस्टमर केयरबाट कार्डबाट मिल्ने सबै सुविधाको बारेमा जानकारीहरु लिनुहोस् । यदि तपाईंको क्रेडिट कार्डमा केहि समस्या आयो भने वा कस्टुमर केयर सर्विस राम्रो छैन भने तपाईंलाई समस्या हुन सक्छ ।

४. कस्टुमर केयर सर्विस

क्रेडिट कार्डको अप्लाई गर्नु भन्दा अगाडि बैंक अथवा क्रेडिट कार्ड कम्पनीको ग्राहक सेवाको बारेमा सोधपुछ गर्नुहोस् । भविष्यमा यदि तपाईंको क्रेडिट कार्डमा केही समस्या आयो भने वा कस्टुमर सर्भिस राम्रो छैन भने तपाईंलाई समस्या आउन सक्छ । किनभने आजभोली क्रेडिट कार्डलाई लिए पछि राम्रो सुविधा नपाएको गुनासो पनि केहिले गर्छन् । त्यसैले राम्रो कस्टुमर केयर हुनु धेरै नै आवश्यक छ ।

५. शुल्कहरुको बारेमा जानकारी राख्नुहोस्

जब तपाईंले क्रेडिट कार्डको लागि अप्लाई गर्नुहुन्छ त्यतिखेर तपाईंले यसको बारेमा र लाग्ने सम्पूर्ण शुल्कहरुको बारेमा जान्ने कोसिस गर्नुहोस् । धेरै जसो क्रेडिट कार्ड लिँदा सेवा शुल्क, लेट फी जस्ता शुल्क हुन्छन् । त्यसैले भएर तपाई यस्तो कार्ड लिनुहोस् जुन लिँदा तपाईंलाई थोरैमात्रै शुल्क तिरे पुग्छ । (एजेन्सीकाे सहयाेगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here