पञ्चकन्याको डिलर मिट सम्पन्न

काठमाडौं, २५ साउन । पञ्चकन्या ग्रुप अन्तर्गत प्लाष्टिक डिभिजनको डिलरमिट २०७६ काठमाण्डौमा सम्पन्न भएको छ ।

सो कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठले आगामी दिन चुनौतीपूर्ण रहेकोले सचेत भइ अझ सशक्त ढंगले अगाडी बढ्न डिलरहरुलाई सुझाव दिए ।

कम्पनीका कार्यकारी निर्देशक उज्ज्वलकुमार श्रेष्ठले कम्पनीका उत्पादनहरुको गुणस्तर र सेवालाई आगामी दिनमा अझ सुदृढ गर्दै लैजाने र आम उपभोक्ताको मन जित्ने बताए ।

देशभरका करीब ७० जना डिलर प्रतिनिधि सहभागी रहेको उक्त भेटघाट कार्यक्रममा कम्पनीका डाइरेक्टर आशिक श्रेष्ठले नयाँ उत्पादनहरुको बारेमा जानकारी गराएका थिए भने कम्पनीका सिनियर मेनेजर गणेशकुमार कार्कीले गत आर्थिक वर्षको बार्षिक समीक्षा विवरण पेश गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here