हेटौँडा-काठमाडौं जोड्ने कान्ति लोकपथ चैत १० गतेसम्म पूर्णरुपमा बन्द

काठमाडौं । हेटौंडा-काठमाडौं जोड्ने कान्ति लोकपथमा आज फागुन १८ गतेदेखि आगामी चैत १० गतेसम्म सवारी साधन सन्चालनमा रोक लगाइएको छ । सडक मर्मतको काम भइरहेकाले कान्ति लोकपथ दुवैतर्फबाट बन्द गरिएको हो ।

यही फागुन १५ गते प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले उक्त सडकमा सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो ।

कान्ति लोकपथ रुट हुँदै हेटौंडा-काठमाडौं चल्ने सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ ।

हेटौंडाबाट काठमाडौं जान हेटौंडा-भीमफेदी-कुलेखानी-सिस्नेरी-दक्षिणकाली रूट हुँदै एकतर्फी यातायात सेवा सञ्चालन गर्ने र काठमाडौंबाट हेटौंडा आउन थानकोट-चित्लाङ-मार्खु-कुलेखानी-भीमफेदी रूट हुँदै एकतर्फी सवारी सञ्चालन हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here