पशुपतिमा अतिक्रमित संरचना हटाउन महानगरको २४ घण्टे अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिकाले टोलीले पशुपति क्षेत्रमा भएको अतिक्रमित संरचनाको निरीक्षण गरेपछि २४ घण्टाभित्र त्यस्ता संरचना हटाउन निर्देशन गरेको छ ।

पशुपति क्षेत्रमा २० वटा भन्दा धेरै सटरहरु विना दर्ता सञ्चालन भइरहेको भेटिएको छ । पशुपति क्षेत्र विकास कोषबाट एक रोपनी जग्गा वार्षिक ५० हजार भाडामा लिएर १० रोपनी जग्गा गौशाला धर्मशाला नाममा सञ्चालन भइरहेको पाइएको छ ।

कोषले महानगरलाई एक पत्र लेख्दै पशुपति क्षेत्र विकास कोष र महानगर दुवैलाई थाहा नदिई अवैध रुपमा निर्माण भएका संरचना, सम्झौता विपरीतका व्यवसायहरु, अतिक्रमित संरचना हटाउन अनुरोध गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here