अबदेखि विदेशी पर्यटकले ट्रेकिङ जाँदा अनिवार्य गाइड लैजानुपर्ने

काठमाडौं । अबदेखि ट्रेकिङमा जाँदा विदेशी पर्यटकहरूले अनिवार्य रूपमा गाइड साथमा राख्नुपर्ने भएको छ । बिहीबार बसेको नेपाल पर्यटन बोर्डको बैठकले नेपालको कुनै पनि गन्तव्यमा ट्रेकिङ जाँदा विदेशी पर्यटकले अनिवार्य गाइड लैजानुपर्ने व्यवस्था गरेको हो ।

नयाँ व्यवस्था आगामी अप्रिल १ बाट लागु हुने बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए ।

अहिले फ्री इन्डिभिजुअल ट्रेकर (एफआईटी) प्रणाली कार्यान्वयनमा छ । एफआईटी टिप्स कार्ड बिक्रीको अनुमति पाएका निकायबाट टिप्स कार्ड लिएर पर्यटकहरू एक्लै भ्रमणमा जाने गरेका थिए ।

अहिले एफआईटी र सामूहिक रूपमा लिने टिप्स कार्डको मूल्य फरक छ । एक्लै भ्रमणमा जानेहरूले दुई हजार र सामूहिक भ्रमण जानेहरूले १ हजार रुपैयाँ तिर्नुपर्छ ।

बोर्डले एफआईटी प्रणाली बन्द गरेसँगै अब विदेशी पर्यटकले टिप्स कार्ड लिँदा २ हजार रुपैयाँ तिुर्नपर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here