उद्घाटनको दुई वर्षमा पनि चढ्न पाइएन् धरहरा,पाँचौं पटक समय थप्ने तयारी

gjlgld{t w/x/f sf7df8f}F, !! j}zfv M ;'gw/fl:yt gjlgld{t w/x/f . lj;+ @)&@ j}zfv !@ ut]sf] e"sDksf sf/0f elTsPsf] pQm ;Dkbf:yn glhs} csf]{ w/fx/f lgdf{0f ul/Psf] 5 . t:jL/M k|bLk/fh jGt,/f;;

काठमाडौं । ६० प्रतिशत पनि निर्माण नसकिँदै २०७८ वैशाख ११ गते हतार-हतार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका धरहराको २० प्रतिशत काम सकिन बाँकी छ ।

२०७७ सालमा सक्ने गरी सम्झौता गरिए पनि निर्माण अझै सकिएको छैन । पाँचौं पटक समय थप्ने तयारी भइरहेको छ ।

दुई वर्ष बितिसक्दा पनि न त सर्वसाधारणले धरहरा चढ्न पाएका छन्, न निर्माणले नै पूर्णता पाएको छ । २०७२ फागुन ४ गते तत्कालीन प्रधानमन्त्री ओलीले धरहरा पुनःनिर्माणका लागि ‘मेरो धरहरा मै बनाउँछु’ अभियान चलाएका थिए ।

यसअनुसार विभिन्न संघसंस्था र व्यक्तिबाट संकलित रकममा सरकारले थपेर तीन अर्ब आठ करोड लागतमा धरहरा बनाइएको हो । यस परियोजनामा ४२ रोपनी क्षेत्रफलको सुन्धारासहितको सम्पूर्ण क्षेत्रलाई आधुनिक रुपमा दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here