विदेश पढ्न जाँदै हुनुहुन्छ ? यी ५ कुरामा दिनुहोस् विशेष ध्यान

काठमाडाैं, २६ साउन । हाम्रो देशबाट हरेक वर्ष हजारौं विद्याथीहरु उच्च शिक्षा आर्जन गर्नको लागि विदेश जाने गर्छन् । ती मध्ये केही मात्रै छात्रवृत्तिमा गएका हुन्छन् भने धेरै जसाे ठूलाे रकम खर्च गरेर पढ्नकाे लागि जाने गर्छन् ।

महंगाे शुल्क तिरेर पढ्न जाने विद्यार्थीहरू ठगिएका पनि प्रशस्तै घटनाहरू बाहिरिन्छन् । विदेश जाने बेलामा उचित सल्लाह र जानकारीकाे अभावमा धेरैले समस्या भाेग्ने गर्छन् ।

नेपाली विद्यार्थीहरू धेरै जसाे साथीभाईको लहैलहैमा लागेर रहर पुर्याउन पनि विदेश पढ्न जाने गर्छन् । यस्ताे अवस्थामा पनि समस्या निम्तन सक्छ ।

नेपाली विद्यार्थीहरूकाे प्रमुख गन्तव्य अष्टेलिया, अमेरिका, क्यानडा, युके, नर्वे, डेनमार्क, फिनल्याण्ड लगायत अन्य विभिन्न युरोपियन देशहरुका साथै जापान, चीन, भारत लगाएतका एसियाली देशहरू रहेका छन् । अन्य विभिन्न देशहरुमा पनि नेपाली विद्यार्थीहरु पढ्नको लागि गएको पाइन्छ ।

आज हामी तपाईलाई यस्ता ७ कुराहरु बताउन गइरहेका छौं जसलाई विदेश पढ्न जान भन्दा पहिले विशेष ध्यान दिएमा तपाईंलाई धेरै सजिलाे हुन्छः

१. कुन देशमा आफूले चाहेजस्ताे विषयमा राम्राे पढाई हुन्छ ?

धेरै देशहरु यस्ता छन् जुन राम्रा राम्रा विश्वविद्यालय तथा कलेजहरुको लागि प्रख्यात छन् । त्यसैले नेपाल बाहिर कुनै देशमा पढ्न जाँदै हुनुहुन्छ भने सहि देश छान्नुहोस । देश यस्तो हुन पर्छ जसले तपाईको आवश्यकता पुरा गर्न सकोस र राम्राे शिक्षाको लागि तपाईंको मनोबल बढाउन सकोस । त्यसैले सबैभन्दा पहिले आफू चाहेको विषयको राम्रो सँग पढाइ हुने देश छान्नुहोस ।

२. विश्वविद्यालय वा कलेजकाे जानकारी राम्राेसँग लिने

आफु जाने देश छानी सकेपछि कुन विश्वविद्यालय वा कलेजमा पढ्न ठिक हुन्छ त्यो पनि बुझ्नुहोस । तपाईं विदेशमा पढ्नको लागि जाँदै हुनुहुन्छ भने सबैभन्दा पहिले उक्त विश्वविद्यालय वा कलेजको राम्रो सँग जानकारी लिनुहोस । विभिन्न देशहरुमा कैयौं पटक केही यस्ता नक्कली संस्थाहरु पनि भेटिएका छन्, जसले विद्यार्थीहरुलाई विभिन्न प्रकारको प्रलोभन देखाएर आफ्नो देशमा बोलाएर सोझा विद्यार्थीहरुलाई ठगेका छन् वा फाइदा उठाएका छन् ।

त्यसैले जानुभन्दा पहिले विभिन्न स्रोतहरुको उपयोग गरेर राम्रोसँग जानकारी लिनुहोस । यसकाे लागि इन्टरनेटकाे प्रयाेग गरेर पनि जानकारी बटुल्न सक्नुहुन्छ साथै उक्त विश्वविद्यालयमा पढीरहेका नेपाली विद्यार्थीहरूसँग पनि जानकारी लिन सक्नुहुन्छ । शैक्षिक परामर्श दिने संस्थाहरूले भने अनुसारकाे सुविधा भएन भएकाे अन्य माध्यमबाट चेक गर्नुहाेस् ।

३. पढ्नको लागि लाग्ने खर्च र छात्रवृत्ति

विदेश पढ्न जान पहिले विद्यार्थीहरुले विश्वविद्यालयको शुल्क र पढ्न जान लाग्ने अन्य खर्चको बारेमा पनि ध्यान दिनुपर्छ । अधिकांश विश्वविद्यालयले बाहिरबाट आउने राम्रा र जेहेन्दार विद्याथीहरुलाई छात्रवृत्तिको रुपमा आर्थिक सहायता प्रदान गर्छन् । तर, कुनै विश्वविद्यालयले यो सुविधा दिँदैनन् । यसैले विदेश जान भन्दा पहिले विश्वविद्यालयबाट यो कुराको पुरै जानकारी लिनुहोस कि त्यँहा छात्रवृतिको सुविधा छ कि छैन् । यसले तपाईको धेरै खर्च बढ्न सक्छ ।

४. कामको ग्यारेन्टी

धेरैजसाे देशहरूमा विदेशी विद्यार्थीले साताकाे निश्चित घन्टा पार्टटाइमकाे रूपमा मात्रै काम गर्न पाउँछन् । त्यस्तै कैयौं विश्वविद्यालयले अनुभवी र होनहार विद्यार्थीहरुलाई पढाई सकिने बित्तिकै जागिर दिन्छन् ।

यतिमात्रै होइन उनीहरुले फोन, इमेलमा या विद्यार्थीसँग प्रत्यक्ष साक्षात्कार गरेर विद्यार्थीहरुलाई सहि कोर्स तथा करियर छान्न पनि मद्धत गर्छन् । विदेश जानु पहिले विद्यार्थीहरुले यो कुरामा पनि ध्यान दिनु पर्छ ।

५. भिसाको लागि उचित व्यवस्था

यदि तपाई विदेश पढ्न जान लाग्नु भएको छ भने तपाईंलाई भिसाको आवश्यकता हुन्छ । यस कुरालाई सुनिश्चित गर्नुहोस कि जति वर्षको लागि तपाईं पढ्न जान लाग्नु भएको छ त्यस समयमा तपाईंलाई भिसाको सम्बन्धमा कुनै समस्या नहोस ।

यस बाहेक भिसाको लागि चाहिने सबै खालका आवश्यक कागजपत्रहरु पनि समयमै बनाउनुहोस । यसमा ढिलाई हुनाले समस्याको सामना गर्न पर्ने हुन सक्छ । भिसका प्रक्रियामा सहजीकरणकाे लागि तपाईंले शैक्षिक परामर्श दिने संस्थाहरूकाे सहयाेग पनि लिन सक्नुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here