डाइफ्रुट्स नियमित खाएमा हुन्छ फाइदै फाइदा, राेक्छ क्यान्सर

काठमाडाैं । काजु, किसमिस, ओखर, बदाम र पेस्ता जस्ता ड्राइफ्रुट्सले राम्रो स्वास्थ बनाउनुको साथै क्यान्सर जस्ता बिरामीबाट बचाउने काम पनि गर्छ ।

हालसालै गरिएको एक रिसर्च अनुसार डाइफ्रुट्स खानाले क्यान्सरको कोषहरुको विकास रोकिन्छ र यसको साथै कोलन आन्द्राको क्यान्सरको खतरा पनि कम हुन्छ ।

जर्मनीको जेना युनिभर्सिटीका शोधकर्ताहरुले यस एक शोधबाट यो तथ्य पत्ता लगाएका हुन् । शोधकर्ताहरुका अनुसार ड्राइ फ्रुट्सको सबैभन्दा धेरै ठूलो विशेषता के हो भने यसको सेवन गर्नाले मानिसको राेग प्रतिरोधक क्षमता बढ्छ ।

ड्राइफ्रुट्स खानाले शरिर आफै डिएनए क्षतिग्रस्त हुने समस्या र क्यान्सरको कारणले बन्ने विभिन्न खालको रसायनहरुसँग पनि लडेर त्यसलाई नष्ट गर्छ ।

शोधकर्ता विबके स्कोलरम्यानले भने, ‘लामो समयपछि हामीले यो पत्ता लगायौँ कि कैयौं यस्ता तत्वहरु हुन्छन् जसले कार्डियोभास्कुलर सिस्टमको लागि राम्रो छ । मोटोपना र डायबिटिजबाट बचाउनको लागिपनि यो तत्व धेरै नै प्रभावकारी हुन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here