पाँच अंकले घट्यो नेप्से, ३१ करोडको कारोबार

काठमाडाैं, २६ साउन । साताको पहिलो दिन आइतबार सेयर बजार मापक परिसूचक नेप्से ४.८४ अंकले घटेर १ हजार २ सय ३३.७१ अंकमा झरेको छ ।

कारोबार भएको अघिल्लो दिन बिहीबार पनि ९.९२ अंकले घटेको नेप्से आइतबार झण्डै ५ अंकले घटेको हो ।

आइतबार व्यापार, होटेल , वित्त, अन्य र सामूहिक लगानी कोषको सूचक बढेको छ भने बैंक, विकास बैंक, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त समूहको सूचक घटेको छ ।

सबैभन्दा बढी व्यापारको ५.३५ प्रतिशतले बढ्याे त्यस्तै होटेलको ०.८१, वित्तको ०.२, अन्यको ०.२६, सामुहिक लगानी कोषको ०.२५ अंकले बढ्याे ।

बैंकको ०.४५, विकास बैंकको ०.२७, जलविद्युतको ०.७९, निर्जीवन बीमाको ०.६५, उत्पादनको ०.५७, लघुवित्तको ०.४३ र जीवन बीमा समूहको ०.६४ अंकले घट्याे ।

आइतबार १६६ कम्पनीको ११ लाख ४५ हजार ५ सय ७ कित्ता सेयर किनबेच हुँदा ३१ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

आइतबार सबैभन्दा धेरै रसुवागढी हाइड्रोपावर कम्पनीको ४ करोड ५९ लाख बराबरको सेयर किनबेच भयो । त्यस्तै दोस्रोमा सान्जेन जलविद्युतको २ करोड ७९ लाख बराबरको सेयर किनबेच भयो ।

आइतबार सबैभन्दा बढी साल्ट ट्रेडिङ कर्पोरेशनका सेयरधनीले कमाए । साल्ट ट्रेडिङको सेयरमुल्य ९.११ प्रतिशतले बढ्यो ।

त्यस्तै सबैभन्दा धेरै गुमाउनेमा एनसीसी बैंकका सेयरधनी रहे । एनसीसीको सेयर मुल्य ९.९१ प्रतिशतले घट्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here