काठमाडाैं, २६ साउन । ‘काठमाडौँ उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६’ लाई राष्ट्रियसभामा पेश गरिएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठका तर्फबाट सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सो विधेयक प्रस्तुत गरेका हुन् ।
राष्ट्रियसभाको अर्को बैठक यही साउन २९ गते १ बजे बस्नेछ । (रासस)