नेपालले यूएईलाई दियो २४९ रनको लक्ष्य

काठमाडौं । आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले युएईलाई जितका लागि २४९ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ४ बल बाँकी छँदै सबै विकेट गुमाएर २४८ रन बनायो।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७७ रन बनाए। यस्तै आरिफ शेखले ४३ रन बनाउँदा गुल्सन झा ३७, दीपेन्द्र सिंह ऐरी ३४, भीम सार्कीले २९ रन बनाए।

खराब सुरूवात गर्दै नेपालले २२ रन बनाउँदा ३ विकेट गुमाएको थियो । तर मध्यक्रममा कप्तान रोहितले भीम सार्की र आरिफ सेखसँग राम्रो साझेदारी गरेपछि नेपालको योगफल सम्मानजनक बनेको हो ।

रोहित र भीमले चौथो विकेटका लागि ५५ रन तथा पाँचौ विकेटका लागि ८६ रनको साझेदारी गरे । नेपालका ओपनर कुशल भुर्तेल ७ र आसिफ सेख शुन्य रनमा आउट हुनुभयो । यस्तै कुशल मल्लले ९ रन बनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here