नौबिसे-नागढुंगा सुरुङमार्गको काम ७६ प्रतिशत सकियो

काठमाडौं । राष्ट्रिय गौरव आयोजना नागढुंगा–नौबिसे सुरुङमार्ग अन्तर्गत सुरुङ खन्ने काम तीन चौथाई सम्पन्न भएको छ ।

हालसम्म सुरुङ खन्ने काम ७६ प्रतिशत सम्पन्न भएको हो । यद्यपि, समग्रमा आयोजनाको आधा मात्रै काम सम्पन्न भएको छ ।

नागढुंगा नौबिसे सुरुङमार्ग आयोजनाका अनुसार फागुन २८ गतेसम्म सुरुङ खन्ने काम ७६.३० प्रतिशत पूरा भएको छ । कुल ५ हजार ४९९ मिटर सुरुङमार्ग (वर्किङ अडिट र क्रस प्यासेजसहित) रहेकोमा हालसम्म ४ हजार १९७.४० मिटर निर्माण सम्पन्न भएको हो ।

आयोजनका अनुसार हालसम्म मुख्य सुरुङ अन्तर्गत २ हजार ६८८ मिटर मुख्य मध्ये हालसम्म १ हजार ८६९.८० मिटर खनिसकिएको छ । आयोजनाको काठमाडौंतर्फ ८९३.८० मिटर र धादिङतर्फ ९९७६ मिटर मुख्य टनेल खनिएको छ ।

त्यसैगरी, २ हजार ५५७ मिटर आपतकालीन (स्केप टनेल) सुरुङ खन्नुपर्नेमा हालसम्म २ हजार १२७.८० मिटर सुरुङ खनिसकिएको छ । काठमाडौंतर्फ १ हजार १४७.२० मिटर र धादिङतर्फ ९८०.६० मिटर सुरुङ खन्ने काम पूरा भएको छ ।

हालसम्म कुल ३ हजार ९९७.६ मिटर सुरुङमार्ग, १२६ मिटर वर्किङ अडिट र ७४.२० क्रस प्यासेज गरी कुल ४ हजार १९७.८० मिटरको काम सम्पन्न भएको छ ।
त्यस्तै, धादिङतर्फ १२६ मिटर वर्किङ अडिट निर्माण भएको छ । हालसम्म ७४.२० मिटर क्रस प्यासेज निर्माण भएको छ । जसमा काठमाडौंतर्फ ३८.१ मिटर र धादिङतर्फ ३६.१ मिटर निर्माण गरिएको छ ।

हालसम्म समग्रमा ५०.१५ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । त्यस्तै, वित्तीयतर्फ ५४.३९ प्रतिशत प्रगति भएको छ ।ठेक्का सम्झौता अनुसार आयोजनाको म्याद अब ४ महिना अर्थात् असार मसान्तसम्म मात्र रहेको छ ।

आयोजना अन्तर्ग कुल ५ हजार ४९९ मिटर सुरुङमार्ग निर्माण गर्नुपर्नेमा अझै १ हजार ३०१.२ मिटर निर्माण गर्न बाँकी रहेको छ । सुरुङको हरेक ३०० मिटरमा मेन टनेल र स्केप टनेल जोड्ने क्रस प्यासेज बनाइएको छ । सुरुङमार्गभित्र हरेक ३०० मिटरमा ७ वटासम्म क्रस प्यासेज बनाइने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here