ओरालो लागेको सुनको मूल्य फेरि रेकर्ड नजिक

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ५०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख ९ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला २ सय रुपैयाँ मात्र कम हो।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here