प्रधानमन्त्री प्रचण्डले शिलान्यास गरे पन्थहिटी-कटहरे-साहिलटार सडक (फोटोफिचर)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखा पुगेर सडकको शिलान्यास गरेका छन् ।

गोरखा पुगेका प्रधानमन्त्रीले पन्थडिही–कटहरे–हर्मी–साहिलटार सडकको शिलान्यास गरेका हुन् । यो सडक २० किलोमिटरको रहेको छ ।

शिलान्यास कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई लगायत नेताहरु पनि पुगेका थिए ।

२० किमी यो सडकखण्ड फराकिलो बनाएर कालोपत्र गर्ने योजना छ।

भारतीय एक्जिम बैंकसँगको विकास साझेदारीमा यो सडक निर्माण गर्न लागिउको हो। सडक निर्माणमा ८० करोड रुपैयाँ बजेट छ।

प्रधानमन्त्री प्रचण्डले गत मंसिरको निर्वाचनमा गोरखा २ बाट निर्वाचित भएका थिए भने भट्टराई र श्रेष्ठको गृह जिल्ला पनि हो।