एनएमबी र ओम मर्ज गर्ने प्रस्ताव पारित, शेयर मुल्य अनुपात कति ?

काठमाडाैं, २८ साउन । एनएमबि बैंक लिमिटेड र ओम डेभलपमेन्ट बैंक लिमिटेड एक आपसमा मर्ज गर्ने सम्बन्धी प्रस्ताव पारित भएको छ ।

एनएमवि बैंक लिमिटेडको मंगलबार सम्पन्न विशेष साधारण सभामा उक्त प्रस्ताव पारित भएकाे हाे ।

बैंकको वित्तीय, मानव संशाधन, प्राविधिक एवं अन्य क्षमता अभिबृद्धि गरी आधुनिक बैंकिङ्ग सुबिधा अझ प्रभावकारी ढंगले प्रदान गर्न सक्ने तुल्याउन, व्यवसाय र शाखा संजाल विस्तार गर्न तथा बैंकको पूँजीगत आधार सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्धेश्यका साथ एनएमबि बैंक लिमिटेड र ओम डेभलपमेन्ट बैंक लिमिटेड गाभ्न साधारण सभामा पेश गरेको प्रस्ताव साधारण सभाबाट सर्वसम्मतीले पारित भएको बैंकले बताएकाे छ ।

एनएमबि बैंक लिमिटेड र ओम डेभलपमेन्ट बैंक लिमिटेडको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको शेयर मुल्य अनुपात १००ः ७६ रहने स्वीकृति साधारण सभाले प्रदान गरेको छ ।

जसमा ओम डेभलपमेन्ट बैंकका शेयरधनीहरुले ओम डेभलपमेन्ट बैंकको प्रत्येक १०० कित्ता बराबर एनएमबि बैंकको ७६ कित्ता शेयर प्राप्त गर्नेछन् ।

मर्जर पश्चात एनएमबि बैंकको कूल पूंजी तथा जगेडा कोषमा बृद्धि भई रु.२० अर्ब ४२ करोड हुने र निक्षेप र कर्जा क्रमशः रु. १ खर्ब १९ अर्ब र रु. १ खर्ब १३ अर्ब पुग्ने बताइएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here