महासंघमा अञ्जन श्रेष्ठ प्यानलको उम्मेदवारी दर्ता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ)को यही चैत २९ गते हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठ तथा उनको टिमले मनोनयन दर्ता गरेको छ।

वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठसहितको टिमले नेपाल उद्योग वाणिज्य महासंघ, टेकु पुगेर आफ्ना समूहका सबै उम्मेदवारहरूको सामूहिक उम्मेदवारी दर्ता गरेको हो ।

श्रेष्ठको समूहबाट जिल्ला नगरतर्फका उपाध्यक्षमा अरुण सुमार्गी, वस्तुगत तर्फका उम्मेदवारतर्फ मनिषलाल प्रधानले उम्मेदवारी दर्ता गरेका हुन्।

एसोसिएट्सतर्फ अन्जन श्रेष्ठ समूहसँग सहकार्य गर्दै उपाध्यक्ष पदमा भरतराज आचार्यले स्वतन्त्र प्यानलबाट उम्मेदवारी दर्ता गरेका छन् ।

जसमा अन्जन समूहका प्रबलजंग पाण्डे लगायतका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गरे। एसोसिएट्समा दुबैतर्फका बराबर सदस्यहरू राख्ने सहमति भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here