टिकटकलाई बालबालिकाको डाटा दुरुपयोगको आरोप, २अर्ब ८ करोड रुपैयाँ जरिवाना तिर्नुपर्ने

काठमाडौं । टिकटकलाई बेलायतको डाटा वाचडगले १२ दशमलव७ मिलियन पाउण्ड अर्थात २ अर्ब ८ करोड नेपाली रुपैयाँ बराबरको जरिवाना गरेको छ । टिकटकले बालबालिकाको गोपनीयताको रक्षा नगरेको भन्दै सो जरिवाना गरेको हो ।

टिकटकले २०२० मा युकेका १दशालव ४ मिलियन १३ वर्ष मुनिका बालबालिकाहरूलाई प्लेटफर्म प्रयोग गर्न अनुमति दिएको दाबी गरिएको छ ।

भिडियो सेयरिङ साइटले अभिभावकको स्वीकृति बिना यो उमेरका बालबालिकाको डाटा प्रयोग गरेको सूचना आयुक्तको कार्यालय ९आईसीओ० को अनुसन्धानले देखाएको हो ।

यता टिकटकले ले १३ भन्दा कम उमेरकाहरूलाई साइटमा पहुँच रोक्न धेरै लगानी गरेको बताएको छ।

आइसीओ भने टिकटकको खाता खोल्न १३ बर्ष हुनैपर्ने व्यास्था गरेपनि धेरै सो भन्दा कम उमेरकाहरुको पहँच देखिएको छ ।

यसले बालबालिकाको डेटा ट्र्याक र प्रोफाइल गर्न प्रयोग गरिएको हुन सक्छ र सम्भावित रूपमा हानिकारक वा अनुपयुक्त सामग्रीको साथ प्रस्तुत गरेको हुन सक्छ।

सूचना आयुक्त जोन एडवर्ड्सले भने हाम्रा बच्चाहरू भौतिक संसारमा जस्तै डिजिटल संसारमा सुरक्षित छन् भनी सुनिश्चित गर्नका लागि त्यहाँ कानुनहरू छन्। यसरी हेर्दा टिकटकले ती कानूनहरूको पालना गरेन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here