दुई अंकले घट्यो नेप्से, १६ लाख कित्ता शेयर कारोबार

काठमाडौं, ३० साउन । विहिवार नेप्से परिसूचक १.८६ अंकले घटेर १ हजार २ सय २४.०३ अंकमा पुगेको छ ।

कारोबारमा आएका मध्ये बैकिङ्ग, जलविद्युत, अन्य, लघुवित्त र सामुहिक लगानी कोषको सूचक घट्यो भने अन्य सबै समूहको सूचक बढ्यो ।

विहिवार सबैभन्दा धेरै ट्रेडिङ समुहको सूचक बढ्यो । ट्रेडिङको सूचक २.५३ प्रतिशतले बढ्यो । त्यस्तै उत्पादन क्षेत्रको ०.९३ प्रतिशत, होटल्सको ०.६८ प्रतिशतले बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

विहिवार १ सय ५९ कम्पनीको १६ लाख १० हजार ५ सय ४० कित्ता शेयर किनबेच हुँदा ४२ करोड ४३ लाख २३ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

विहिवार सबैभन्दा धेरै मञ्जुश्री फाईनान्सका शेयर धनीले कमाय । मञ्जुश्रीको शेयर मूल्य ६.५६ प्रतिशतले बढ्यो । त्यस्तै विशाल बजार कम्पनीको ६.०३ प्रतिशत र सामुदायीक लघुवित्तको ४ प्रतिशतले बढ्यो ।

त्यस्तै सबैभन्दा धेरै गुमाउनेमा ओल्ड मर्चेन्ट बैकिङ्ग एण्ड फाईनान्सका शेयर धनी रहेका छन् । मर्चेन्टको शेयर मूल्य ५.६० प्रतिशतले घट्यो । त्यस्तै, यूनाईटेड मोदी हाईड्रोपावरको ५.३० प्रतिशत र पाँचथर पावरको ३.३३ प्रतिशतले घट्यो ।

विहिवार सबैभन्दा धेरै कारोबार गर्नेमा माछापुच्छ्रे बैंक रहेको रहेको छ । बैंकले ५ करोड ३७ लाख ८६ हजार रुपैयाँको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here