च्याटजीपीलाई टक्कर दिन ‘तङ्यी चियाङ्वेन’ ल्याउँदै अलिबाबा

काठमाडौं । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स एआई च्याटजीपीटी शैलीको उत्पादन ‘तङ्यी चियाङ्वेन’ ल्याउने योजना घोषणा गरेको छ।

यसको क्लाउड कम्प्युटिङ इकाईले नजिकको भविष्यमा अलिबाबाका व्यवसायहरूमा च्याटबटलाई एकीकृत गर्ने बताएको छ तर यसको टाइमलाइनमा विवरण दिएको छैन।

हालका महिनाहरूमा, विश्वभरका प्रविधि कम्पनीहरूले आफ्नै तथाकथित जेनेरेटिभ एआई च्याटबटहरू अनावरण गरेका छन्।
यो बर्षको शुरुमा नै अलिबाबाले च्याटबटको प्रतिद्धन्द्धीको रुपमा काम गरेको खुलासा गरेको थियो ।

अलिबाबाले नामको अङ्ग्रेजी संस्करण नदिएता पनि ‘तङ्यी चियाङ्वेन’ ले हजार प्रश्न सोधेर जवाफ खोज्नेू भनेर अनुवाद गर्छ।

हामी जेनेरेटिभ एआई र क्लाउड कम्प्युटिङद्वारा सञ्चालित प्राविधिक वाटरशेड क्षणमा छौं अलिबाबाका अध्यक्ष र प्रमुख कार्यकारी ड्यानियल झाङले भने ।

कम्पनीले अङ्ग्रेजी र चिनियाँ भाषामा काम गर्न सक्ने ‘तङ्यी चियाङ्वेन’ लाई सुरुमा अलिबाबाको कार्यस्थल मेसेजिङ एप डिङ टकमा थपिने जनाएको छ।

यसले बैठकमा हुने कुराकानीलाई लिखित नोटमा परिणत गर्ने छ । त्यस्तै इमेल लेख्ने र व्यापार प्रस्तावहरूको मस्यौदा तयार गर्नेलगायत धेरै कार्यहरू गर्ने कम्पनीले जनाएको छ।

अलिबाबाले भने कि यसलाई टिमल जीनीमा पनि एकीकृत गरिनेछ, जुन अमेजनको एलेक्सा भ्वाइस असिस्टेन्ट स्मार्ट स्पिकर जस्तै हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here