महासंघको एसोसिएटतर्फ ज्योत्स्ना श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ वस्तुगत तर्फको उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन् ।

उनले आफ्ना प्रतिस्पर्धी मनिषलाल प्रधान र सुकुन्तलाल हिराचनलाई हराउँदै विजयी भएका हुन् । ढकालले प्रधान र हिराचनको भन्दा ९ मत बढी प्राप्त गरि बिजयी भएका हुन् ।

उनी उमेशलाल प्यानलका हुन् ।

त्यस्तै एसोसिएटतर्फ ज्योत्स्ना श्रेष्ठ विजयी भएकी छन् । श्रेष्ठले भरतराज आचार्यलाई पराजित गर्दै विजयी भएकी हुन् ।

श्रेष्ठले ८४६ मत पाउँदा आचार्यले ७८१ मत मात्र पाए । श्रेष्ठ रामचन्द्र संघई समूहकी हुन भने आचार्य अन्जन श्रेष्ठ तथा उमेशलाल श्रेष्ठका साझा उम्मेदवार हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here