पूर्वसांसदका छोरा ‘डन’ असदको इन्काउन्टर’

एजेन्सी । नेपालमा लुकेर बसेको भनिएका भारतीय ‘ग्याङस्टार’ अतीक अहमदका छोरा असद र उनका सुटर गुलाम मोहम्मदको उत्तर प्रदेश (युपी) प्रहरीले ‘इनकाउन्टर’ गरेको छ।

आपराधिक गतिविधिबाट राजनीतिमा आएका अतिक सन् २००९ सम्म लोकसभाका सदस्य थिए। उमेश पालको हत्या अभियोगमा युपी सरकारले डेढ महिनादेखि उनीहरूको खोजी गरेको थियो।

उनीहरूको टाउकाको मूल्य ५ लाख भारू तोकिएको थियो। सीमा जोडिएका कारण यी दुवै भागेर नेपाल प्रवेश गरेको यसअघि भारतीय अखबारहरूले जनाएका थिए।

हत्या विरोधमा मुख्यमन्त्री योगी आदित्यनाथ सरकारविरूद्ध आक्रोश व्यक्त भएको थियो। योगी आदित्यनाथ युपीको मुख्यमन्त्री नियुक्त भएयता प्रदेशलाई ‘गुण्डाराज’मुक्त गर्न क्रियाशील छन् भने उमेश पाल हत्याकाण्डले उनको तीब्र आलोचना भएको थियो।

मुख्यमन्त्री योगीले युपीको संसद् भवनमा उमेश पालको हत्यामा जोडिएका मानिसको तुरुन्त सफाया गर्ने भन्दै प्रहरीलाई विशेष निर्देशन दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here