काठमाडौं महानगरले भन्यो ‘सडकपेटीको निर्माणकार्य राति मात्रै गर्नू’

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकपेटीमा निर्माण सामग्री नराख्न र सार्वजनिक निकायले गर्ने सञ्चालन गर्ने पूर्वाधार निर्माण मर्मत कार्य रातिको समयमा मात्र गर्नरगराउन प्रबन्ध मिलाउन आग्रह गरेको छ ।

महानगरपालिकाले सोमबार सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक तथा निजी पूर्वाधार निर्माण एवम् मर्मत कार्यलाई व्यवस्थित गरी सडकमा आवतजावत सहज गराउन निर्देशन दिएको हो ।

महानगरले भवन निर्माणका क्रममा सडकमा धुलो, निर्माण सामग्रीका टुक्रासमेत नखस्ने प्रबन्ध मिलाउन भनेको छ ।

निर्माणस्थलमा घेरावार नलगाई वा संकेत क्षेत्र निर्धारण नगरी राखिएका कुनै पनि निर्माण सामग्री वा उपकरण महानगरपालिकाले जुनसुकै समय जफत गर्न सक्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here