मेलबर्न बन्यो अष्ट्रेलियाको ठूलो शहर

एजेन्सी । जनसंख्याको हिसाबमा सिड्नीलाई उछिन्दै मेलबर्न अष्ट्रेलियाको सबैभन्दा ठूलो शहर बनेको छ ।

मेलबर्नको जनसंख्या ४८ लाख ७५ हजार ४०० छ जुन सिड्नीको भन्दा १८ हजार ७०० धेरै हो ।

बीबीसीका अनुसार मेलबर्न शहरको किनारी क्षेत्रमा बसोबास बढ्दै गएपछि मेल्टनसहित आसपासका साना शहरलाई गाभिएपछि मेलबर्न धेरै जनसंख्या भएको शहर बनेको हो ।

यसअघि सिड्नी झण्डै १०० वर्षसम्म अष्ट्रेलियाको सबैभन्दा ठूलो शहरका रुपमा रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here