पुँजीगत लाभकर गणना गर्दा ल्याप्चे लाउनु नपर्ने, सोमबार देखि सीडीएसले यस्तो व्यवस्था गर्दै

काठमाडौं ३१, साउन । पुँजीगत लाभकर गणना प्रयोजनका लागि आधार मूल्य तय गर्दा लगानीकर्ताले ल्याप्चे (औठा छाप) लगाउनु नपर्ने भएको छ । यसका लागि सीडीएस एण्ड क्लियरिङले आन्तरिक तयारी गरिरहेको छ । तयारी अन्तिम चरणमा रहेकाले सोमबार देखि लगानीकर्ताले लाभकर गणना प्रक्रियामा औठा छाप लगाउनु पर्ने छैन ।

पुँजीगत लाभकरको विवाद समाधानका लागि धितोपत्र बोर्डमा सरोकारवालाहरुबीच भएको छलफलमा हाललाई नयाँ व्यवस्था गर्नु नपर्ने निर्णय भएको छ ।

सोही छलफलमा लाभकर गणना प्रक्रियामा आफुले किनेको सेयरको आधार मूल्य प्रणाणिकरणका लागि लगानीकर्तालाई झण्झट नदिने सहमति भएको थियो । सोही सहमति अनुसार गत शुक्रबार धितोपत्र बोर्डले नेप्से र सीडीएसलाई पत्र लेखेर लगानीकर्ताले औठा छाप लगाउनु पर्ने व्यवस्था सरलीकरण गर्न निर्देशन दिएको थियो । उक्त निर्देशनका आधारमा अनलाइनमार्फत प्रमाणिकरणका लागि सीडीएसले आन्तरिक तयारी थालेको थियो ।

सोमबार मंगलबार देखि नै यो प्रक्रियाका थालनी गर्ने योजना भए पनि यही विचमा सफ्टवेयर डाउन भएकाले निर्धारित समयमा काम नसकिएको स्रोतले बताएको छ ।

शुक्रबारसम्म परिक्षणको काम पनि पूरा नभएकाले आइतबार देखि अनलाइनमार्फत ल्याप्चे लगाउने काम सुरु गर्न नसकिने सीडीएसले जनाएको छ । ‘शुक्रबारसम्मको तयारी अनुसार सोमबार देखि त्यो काम सुरु गर्ने योजना छ,’ स्रोतले भन्यो ।

यसअघि अर्थ मन्त्रालयले धितोपत्र बोर्डलाई पुँजीगत लाभकर गणनाको विवाद तीन दिन भित्र मिलाउन निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार बोर्डले सरोकारवालासँग छलफल गरी गत आइतबार अर्थ मन्त्रालयमा पत्र पठाएको छ । पत्रमा हाललाई नयाँ व्यवस्था गर्नु नपर्ने, विद्यमान व्यवस्था सहि भएको उल्लेख छ । अब बोर्डको पत्रका आधारमा सेयरको पुँजीगत लाभकर गणना गर्दा हालकै व्यवस्था लागु हुनेछ ।

हालको व्यवस्थाले लगानीकर्तासँग आफूले किनेको सेयरको बिल वा खरिद मूल्य थाहा नभएको अवस्थामा मात्र भारित औसत पुँजीगत लाभकर गणना गर्न अप्ठेरो हुने हो । उनीहरूले जति मूल्यमा सेयर खरिद गरी पनि त्यसको प्रमाण नभएपछि अंकित मूल्य एक सय लाई नै आधार मान्नुपर्छ ।

जो लगानीकर्तासँग आफूले किनेको सेयरको खरिद मूल्य छ, उनीहरूलाई लाभकर गणनामा समस्या नहुने जानकारहरु बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here