पहाड उक्लियो तराईको ‘किङ कोब्रा’

काठमाडौं । म्याग्दीको बेनी नगरपालिका–९ नेप्टेचौरमा ‘किङ कोब्रा’ जातको सर्प भेटिएको छ। तराई र भित्री मधेशमा पाइने किङ कोब्रा हिमाली जिल्लाको भूगोलमा भेटिएको हो।

तराईबाट गाडी मार्फत सामान तथा काठ आयात गर्ने क्रममा पहाडमा किङ कोब्रा भित्रिएको आशंका गरिएको छ । दुर्लभ सर्प किङ कोब्रा अन्य जातको तुलनामा बढी विषालु सर्प हो।

किङ कोब्रालाई नेपालीमा काली नाग राज भनेर चिनिन्छ। वसन्त ऋतु सर्पको बच्चा जन्माउने र हुर्काउने याम हो। आहराको खोजी र वासस्थानमा अवरोध भएको अवस्थामा यो सर्प बाहिर निस्कने गर्छ।

नेपालमा पाइने ८२ प्रजातिका सर्पमध्ये किङ्ग कोब्राको संख्या अत्यन्त न्यून छ। यसले आहाराको रुपमा अरु सर्पलाई नै खाने गर्दछ। यसलाई नेपालको कानूनले संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here