डीजी पेमा आबद्ध व्यवसायीले सुपथ मूल्यमा भिडियो बनाउन पाउने

काठमाडौं । मोबाइल वालेट कम्पनी डीजी पे प्रालि र बिनव क्रिएसनबीच सहकार्यका लागि नयाँ सम्झौता भएको छ।

सम्झौता अनुसार डीजी पेको व्यावसायिक आवद्ध योजनाअनुरुप डीजी पेसँग आवद्ध हुने व्यवसायीले टिकटक, फेसबुक, इन्स्टाग्राम, युट्युबजस्ता सामाजिक सञ्जालका लागि सुपथ मूल्यमा भिीडयो बनाउन पाउने भएका छन्। यसका साथै अन्य व्यापारिक विज्ञापन बनाउँदा पनि विशेष छुटको व्यवस्था गरिएको छ।

सम्झौतापत्रमा बिनव क्रिएसनका महाप्रबन्धक समीर जोशी र डिजी पेका अध्यक्ष दिवाकरबहादुर पाण्डेले हस्ताक्षर गरेका छन्। नेपालको एक राम्रो अडियो भिडिओ प्रोडकसन कम्पनीसँग सहकार्य गरी फरक खालको सम्झौतागर्न पाउँदा निकै खुसी लागेको डिजी पेका पाण्डेले बताए।

‘हिजोआज व्यवसायीहरुले आफ्नो सेवा तथा समानहरुको भिडिओ बनाएर सामाजिक सञ्जालमा पोस्ट गरि जानकारी दिने र मुनाफा गर्ने चलन बडेको छ।

यस्तो स्थितिमा बिनव क्रिएसनजस्तो कम्पनीसँग मिलेर डीजी पेसँग आबद्ध व्यवसायीहरुका लागी उत्कृस्ट भिडिओ सस्तो र सुलभ दाममा, निकै कम खर्चमा गर्न सक्ने अवस्था सिर्जना गरेका छौँ’, पाण्डेले भने, ‘डिजी पेमा आवद्ध हुँदै पाउने प्याकेज सुविधा साथै अन्य सेवाहरुमा पनि विशेष छुट तथा डिजी पेको लोयल्टी पोइन्ट गोल्ड तथा सिल्वर क्यासमा खरिद गर्न पाउने व्यवस्था गरेका छौँ।’

बिनव क्रिएसनका महाप्रबन्धक समीर जोशीले डीजी पेसँग नौलो सहकार्य गर्न पाउँदा खुसी लागेको बताए।

सामाजिक सञ्जालमा विज्ञापन सस्तो हुने भएकाले साना व्यवसायीले अरु विज्ञापनको तुलनामा सहजै गर्न सक्नेछन्। यस योजनाअन्तर्गत डिजी पेसँग आवद्ध सबै व्यवसायीहरुले आफ्नो व्यवसायको प्रचारप्रसार, बजार विस्तार र सेवाहरुको जानकारी अब उत्कृस्ट भिडिओ विज्ञापनमार्फत जनमानसमा पुर्याएर लाभ लिन सक्ने जोशीले बताए।

डीजी पे नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त मोबाइल वालेट कम्पनी हो। यसले अनलाइन र अफलाइन दुवै माध्यमबाट रकमको डिजिटलाइजेनका लागि कार्य गरिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here