भ्वाइस अफ नेपाल सिजन २ आजबाट हिमालय टिभीमा

काठमाडौं, ३१ साउन । चर्चित अन्तराष्ट्रिय फ्रेन्चाइज गायन रियालिटी सो ‘द भ्वाईस’ को नेपाली संस्करण ‘द भ्वाइस अफ नेपाल सिजन २’ आजबाट प्रशारण हुँदै छ ।

अघिल्लो सिजन कान्तिपुर टेलिभिजनबाट प्रशारण भएको शो यस सिजनदेखि भने हिमालय टिभीमा प्रशारण हुने भएको हो ।

हिमालय टिभी एचडीमा हरेक शुक्रबार र शनिबार राती ८ बजे कार्यक्रम प्रशारण हुने आयोजकले जानकारी दिएको छ ।

शोमा गायक दिप श्रेष्ठ, राजु लामा, प्रमोद खरेल र गायिका आस्था राउतले कोचको भूमिका निर्वाह गर्नेछन् । गत वर्ष कोच रहेका सनुप पौडेल र अभया सुव्वाको ठाँउ राजु लामा र आस्थाले लिने भएका हुन् ।

द भ्वाइसमा पहिलो सिजन पोखराका सिडी विजय अधिकारी विजयी भएका थिए । उनी दिप श्रेष्ठको समूहमा छानिएका थिए ।

कार्यक्रमको फम्यार्टअनुसार सुरुमा ब्लाइन्ड अडिसनमा आफ्नो गायकीले कोचको मन जितेपछि मात्रै प्रतिस्पर्धीहरु अघिल्लो राउण्डको लागि छानिनेछन् । त्यसपछि ब्याटल राउण्ड लाइभ राउण्ड हुँदै फिनालेमा प्रवेश गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here