महासंघको कोषाध्यक्षमा केसी निर्वाचित

काठमाडौं, ३१ साउन । नेपाल उद्योग वाणिज्य महासंघको वर्तमान कार्यकारिणी समितिमा रिक्त कोषाध्यक्ष पदमा महासंघको वर्तमान कार्यकारिणी समितिका सदस्य निरक केसी निर्विरोध निर्वाचित भएका छन् ।

अध्यक्ष भवानी राणाको अध्यक्षतामा शुक्रबार सम्पन्न महासंघ कार्यकारिणी समितिको १३ औं बैठकले केसीलाई कोषाध्यक्ष पदमा निर्वाचित गरेको हा ।

अध्यक्ष राणाले नवनिर्वाचित कोषाध्यक्ष केसीलाई शुक्रबार नै पद तथा गोपनियताको सपथ ग्रहण गराइन् ।

कार्यकारिणी समितिको बैठकले महासंघको विद्यमान विधान संशोधन, उद्यमी व्यवसायीहरूले भोग्नु परेका समस्या तथा मुलुकको उद्योग व्यवसायको समग्र अवस्थाका विषयमा छलफल समेत गरेको छ ।

ज्ञानेन्द्रलाल प्रधानले महासंघको आन्तरिक विवादका कारण राजिनामा गरेपछि कोषाध्यक्ष पद खाली थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here