होटेल र घर भाडामा लिँदै जेलमा परिणत !

प्रशासनले यति धेरै मानिसलाई एक साथ पक्रनु पर्यो कि, अब जेलले थेग्न सकेन । त्यसका लागि उपयुक्त कोठाहरुको खोजी गर्दै जाँदा निजी सम्पत्ति र होटेललाई जेलमा परिणत गर्नुपर्ने अवस्था आएको छ ।

यो खबर छिमेकी मुलुक भारतको हो । भारतको जम्मु कश्मीरमा संविधानको अनुच्छेद ३७० हटाउने निर्णय लिनु केही दिन अगाडी बाटै राजनीतिकर्मीको धरपकड शुरु भएको थियो ।

नेता कार्यक्रतामाथि प्रशासनले व्यापाक धरपकड गरी धेरै मानिसलाई हिरासतमा लिएको छ । यसो गर्नुको मूख्य कारण सरकारी कदमको विरुद्धमा कोही पनि सडकमा नउत्रियोस र जनतालाई नभड्काओस भन्ने नै हो ।

तर, अब प्रशासनलाई चूनौति थपिएको भारतीय संचारमाध्यमहरुले उल्लेख छन् । समाचार अनुसार जम्मु कश्मीरका जेल तथा हिरासत भरिभराउ भइसकेका छन् ।

अब जेलमा स्थान नभएपछि सरकारले धमाधम निजी घर र होटेलहरु भाडामा लिन थालेको छ । यसो गर्नुको मूख्य कारण हिरासतमा राखेका मानिसलाई राख्नु हो ।

सरकारले जम्मु कश्मीरका पूर्वमूख्यमन्त्री उमर अब्दुल्ला र महबुबा मफ्तीलाई हिरासतमा राखेको छ । विगतमा ढूगामुडा गर्ने र सरकार विरोधी आन्दोलनमा उत्रिएका सबै व्यक्तिलाई पक्राउ गरिएको छ ।

जसले गर्दा हिरासतमा नअट्ने भीड जम्मा भएको हो । सरकारले जम्मु कश्मीरमा आन्दोलन तथा आतंकवादी गतिविधिमा समावेश भएको पाइए अत्यन्त कडा कानूनी धाराबाट कारवाही शुरु गर्ने चेतावनी समेत दिएको छ ।

एजेन्सीको सहयोगमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here