काठमाडौं,३२ साउन । वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन भएको छ । उनको ७२ वर्षको उमेरमा शनिबार निधन भएको छ ।
उनी लामो समयदेखि दम निमोनियाबाट पीडित थिइन् । अधिकारीको डल्लुस्थित आफ्नै घरमा निधन भएको हो ।
अधिकारी करिब चार दशकदेखि कलाकारितामा सक्रिय रहदै आएकी थिइन् ।
उनले अभिनय गरेकामध्य कन्यादान, भाउजु, चिनोलगायत फिल्म चर्चित छन् । अधिकारीको १ छोरा र १ छोरी छन् ।